Events
BBQ भेलाको आयोजना – July 2024
BBQ भेलाको आयोजना
सम्पूर्णमा नमस्कार!
म्याग्दी समाज अमेरिका ले आगामी August 18 गते आयोजना गर्न गईरहेको समर Picnic को तयारी र व्यब्स्थापन गर्नका लागी यहि Sunday July 28 का दिन बृहत BBQ भेलाको आयोजना गरिएको हुदा सम्पूर्ण म्याग्देली दाजु भाई तथा दिदि बहिनिलाई निम्न मिति, समय र स्थान उपस्थिति
भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ !
मिति : July 28
समय : २ बजे
स्थान: Ghimire Homes
9423 Belair Rd, Nottingham, MD 21236
म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2017 सम्बन्धि सार्बजनिक सूचना
| Date: | 2017-01-29 |
| Time: | 4:30PM- 12 AM |
| Address: | 11131 Pulaski Hwy, White Marsh, MD 21162, USA |
सम्पुर्ण म्याग्देली महानुभावहरु!!!
म्याग्दी समाज अमेरिकाको बार्षिक अधिबेशन सम्बन्धी सुचना यहाहरुलाइ जानकारी गराउन चाहन्छौं । यहि आउदो जनवरी 29 तारिक (01/29/2017) का दिन यस समाजको बार्षिक अधिबेशन सम्पन्न गर्ने तय गरिएको कुरा यहाहरुलाइ सहर्ष जानकारी गराउदछौँ ।
बर्तमान कार्य समितीको पदावधी यसपटक समाप्त हुनेभएकोले नया कार्यसमितीको निर्बाचन यसपालिको अधिबेशनले गर्नु पर्ने हुन आउदछ । तसर्थ सम्पुर्ण म्याग्देलीहरुले नया कार्यसमितीको चयनको लागि आफ्नो भुमिका तथा कर्तब्य निर्बाह गर्नुहुनेछ भन्ने हामिले तिब्र अभिलाषा राखेकाछौ ।
यसका अलावा उक्त अधिबेशनमा हाम्रो बार्षिक आय-ब्यय तथा प्रतिबेदन प्रस्तुत गरिने भएकोले यसमा उपस्थितभै आफ्नो अमुल्य सुझाव दिनुहुन समेत यहाहरुलाइ अभिप्रेरणा गर्दछौ ।
समग्रमा भन्नु पर्दा म्याग्दी समाज अमेरिकामा हजुरहरुको चासो र भावना प्रतिम्ब होस भन्ने हामिले चाहना राखेकाछौ ।
कार्यक्रमको पहिलो भागमा साँझ 5.00 बजे देखि राती 9.00 बजे सम्म बार्षिक प्रतिबेदन तथा आय ब्यय प्रस्तुत र कार्यसमितिको निर्बाचन हुनेछ र दोश्रो भागमा राती 9 बजे देखि राती 12 बजे सम्म खानपिन र नाचगान हुनेछ ।
The venue for the convention has been provided by advisor of Myagdi Samaj USA, Mr. Mohan Thapa.
अरु बिस्तृत जानकारी निकट भविष्यमा गराउनेछौ ।
– म्याग्दी समाज अमेरिका,
अध्य्क्ष्य राम प्रकाश भण्डारी
महासचिव इन्द्र थापाक्षेत्री
New Update of Notice of Labor Day Picnic 2016
| Date: | 2016-09-05 |
| Time: | 11 AM- SUNSET |
| Address: | 7200 Graces Quarters Rd, Middle River, MD 21220, USA |
सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाइ हार्दिक निमंत्रणा !!!!!
यसपालिको अमेरिकी श्रमिक दिबस ( Labor Day ) नजिक आउदै गरेकोछ. सदाझै अमेरिकी श्रमिक दिबस ( Labor Day ) को शुभअबसरमा आयोजना गरिने यस बनभोज रमाइलो मनोरंजनका साथ भब्य रुपमा मनाउने हाम्रो चाहना रहेको कुरा यहाहरुलाई जानकारी गराउन चाहन्छौ.
तसर्थ तपाइहरु सबैलाई यस बनभोज कार्यक्रममा सहभागी हुनकालागि म्याग्दी समाज अमेरिका हार्दिक निमंत्रणा गर्दछ.
हजुरहरुको भब्य उपस्थिति तथा सहभागिताले मात्र हाम्रो यस कार्यक्रम सफल हुने भएकोले यहाहरुले आफ्ना परिवारजन, इस्टमित्र तथा छिमेकीहरुलाई यस कार्यक्रम मा सहभागी हुनका लागि खबर गर्न तथा प्रेरणा दिनुहुन हामि बिनम्र अनुरोध गर्दछौं.
हाम्रो यस कार्यक्रमलाइ सफल पार्न म्याग्दी समाज अमेरिकाको कार्य समिति, यसका सल्लाहकारहरु, शुभचिन्तकहरु, म्याग्दी समाज अमेरिकाको पूर्व कार्यसमितिका अध्यक्ष्य बुद्धि शेरचन र पूर्व पदाधिकारीहरु तथा म्याग्दी समाजका सम्पुर्ण सदस्यहरु तदारुकताकासाथ लागीपर्नु भएको छ.
यसपालिको बनभोज कार्यक्रमको प्रमूख आकर्षणहरुमा भलिबल, लठो तान्ने, ठेलो फाल्ने लगाएत पन्चे बाजाका साथमा दोहरी लोक गीत रहने भयको छ.
लोकदोहरी गाउनका लागि नेपालदेखि म्याग्दीका तर राष्ट्रिय रुपमा ख्याती प्राप्त गाएकहरु बिर बहादुर कार्की र नर बहादुर बानिया हाम्रो कार्यक्रममा मनोरंजन प्रदान गर्न आउदै हुनुहुन्छ. उहाहरुले हालसालै निकाल्नु भएको खसोखास म्याग्दीमा प्रचलित शिर फुलै माया भन्ने गीत पनि हाम्रो कार्यक्रममा प्रस्तुत गर्नुहुने भएको कुरा यहाहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं.
यसैगरि लोक दोहरी गायनमा साथ् दिनकालागि म्याग्दीकै महिला कलाकारहरु मंजु पुन, पृथ्बी माया पुन लाइ हामीले बिशेष अनुरोध गरेकाछौं. यसका साथै ख्याती प्राप्त दोहोरि कलाकार सिर्जना थापा बिरहीलाइ पनि बिशेष अनुरोध गरेकाछौं. आशा छ उहाहरुले हाम्रो बिशेष अनुरोधलाई स्वीकार गर्नुहुनेछ.
यदि यहाहरुले यस कार्यक्रमलाइ सफल पार्नका लागि नगद तथा जिन्सी प्रदान गर्ने इक्षा छ भने कार्य समितिका अध्यक्ष्य राम प्रकाश भण्डारी, उपाधक्ष्य अमर छन्त्याल, कोषाधक्ष्य आशा पुन तथा पूर्व अधक्ष्य बुद्धि शेरचन लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न हुन बिनम्र अनुरोध गर्दछौ.
अन्तमा हाम्रो यस कार्यक्रमलाई सफल पार्नका लागि तैयारीको क्रममा नगद तथा जिन्सी दान गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई हामी हार्दिक धन्यबाद प्रदान गर्दछौ.
बिनित/प्रार्थी
म्याग्दी समाज अमेरिका परिवार
Date: Monday September 5th 2016
Venue: Gun Powder Falls State Park, Shelter No. 2
Physical Address: 7200 Graces Quarters Road, Middle River, MD, 21220
Time: 11 AM to Sunset
कार्यक्रम हुने;
मिति: ५ सेप्टेम्बर २०१६ (September 5th २०१६)
बार: सोमबार (Monday )
स्थान: Shelter # 2 GUNPOWDER FALLS STATE PARK
General Secretary Indra Thapa
म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2016 सम्बन्धि सार्बजनिक सूचना
| Date: | 2016-01-31 |
| Time: | 12 PM- 5 PM |
| Address: | Days Inn, 8712 Loch Raven Blvd, Towson, MD 21286 |
म्याग्दी समाजका सल्लहाकारहरु, सदस्यहरु, म्याग्दी समाजका पूर्व पदाधिकारी तथा सदस्यहरु तथा सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरु !!!
म्याग्दी समाज अमेरिकाको छैठौ बार्षिक सम्मेलन (बार्षिक साधारण सभा) निम्न मिति, निम्न स्थान तथा निम्न समयमा हुन गैरहेको सूचना सहर्ष जानकारी गराउन चाहन्छौ .
उक्त सम्मेलनमा उपस्थित भइ आफ्नो मत तथा बिचार ब्यक्त गरि यस समाजलाइ अघि बढाउन हर तर्फ बाट सहयोग र समर्थन सक्रिय रुपमा गर्नु हुन हामि यसै सूचना मार्फत बिनम्र अनुरोध गर्दछौ .
यस सम्मेलनको सफलता तपाइहरुको हातमा छ .
मिति: 31st January, 2016
स्थान: Days Inn, 8712 Loch Raven Blvd, Towson, MD 21286
समय: 12PM-5PM sharp
बिनित: म्याग्दी समाज अमेरिका
वडादशैँ २०७२ सुभकामना साँझ
| Date: | 2015-10-18 |
| Time: | 7PM – 1AM |
| Address: | 7927 Belair Rd, Nottingham, MD 21236, USA |
म्याग्दी समाज अमेरिकाले यसपालिको वडादशैँ २०७२ को सुभ उपलक्ष्यमा सुभकामना साँझ तथा यसै पटक नेपाल बाट ल्याइयको नौमती बाजा को पूजा समेत सम्पन्न गर्ने कार्यक्रमको आयोजना गर्न लागेको कुरा यहाहरुलाई जानकारी गराउन चाहन्छौं |
यस कार्यक्रमको आकर्षणहरुमा कलाकार सिर्जना थापा मगरको सुमधुर दोहरी गित, नौमती बाजा (पन्चे बाजा) तथा हाम्रा स्थानीय कलाकारहरुको गीत तथा नाचहरु रहने छन् | हामि आशा गर्दछौं कि यस्तो रमाइलो कार्यक्रमले यहाहरुलाई फेरि एकपटक स्वागत गर्ने अवसर हामीलाई दिनुहुनेछ |
आउनुहोस यस दशैको सुभअवसरमा सबै मिलेर जूलेर नाचगानकासाथ रमाइलो गरौ |
कार्यक्रम स्थल: माउन्ट एवेरेस्ट रेस्टुरेन्ट
7927 Belair Rd, Nottingham, MD २१२३६
मिति: Sunday October 18 2015
समय: 7 PM – 1 AM
President Ram Bhandari and Myagdi Samaj USA family
अर्को सूचनामा यहाहरुलाई बिस्तृत जानकारी गराउने छौ |
म्याग्दी समाज अमेरिका
Picnic 2015 Sponsor Name Lists
| Date: | 2015-09-07 |
| Time: | 10.00 AM – 12.00 AM |
| Address: | 7927 Belair Rd, Nottingham, MD 21236, USA |
| Aberdeen Liquor |
| Apna Desi Grocery |
| Arlons Carry Out |
| California Grill |
| Curry Kabab |
| Everest World Class Tae Kwondo |
| Frankford Market Grocery |
| Gateway Pizza & Subs |
| Georgio Piaaa & Subs |
| Ghimire Homes Inc. |
| Khana Bistro |
| Kumari Restaurant |
| Lumbini Restaurant |
| Masala Kitchen |
| Mount Everest Grocery |
| Mount Everest Pizza & Subs |
| Mount Everest Resaurant |
| Panjab Supermarket |
| Pizza Sauce |
| Sabji Bazaar |
| Transamerica Advisor Inc. |
| Universal Pizza & Subs (I) |
| Universal Pizza & Subs (II) |
| US Market Grocery |
| Venus Pizza |
| Vogatey Inc. |
| WFG ( World Financial Group) |
| Wings Things & More |
Myagdi Samaj Labor day picnic
| Date: | 2015-09-07 |
| Time: | 10:00 AM – 6 PM |
| Address: | 820 Riverside Drive, Essex, MD 21221, USA |
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु येहि आउदो सेप्टेम्बर ७ तारिक सोमबार पर्ने अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज सदाझैँ यसपालि पनि भब्य रूपमा मनाउन गइरहेको कुरा यहाहरुलाई अबगत गराउन चाहन्छौ.
यस पालिको यो अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज सदाझैँ Gun Powder State Park मा सम्पन्न गर्नका लागि उक्त पार्कमा उक्त श्रमिक दिवसका दिन स्थल प्राप्त गर्न नसकिएकाले यस पटकको बनभोज स्थल निम्न स्थानमा निम्न मितिमा हुन गइरहेको जानकारी गराउन चाहन्छौ.
Date: September 7, 2015 (American Labor Day)
Venue: 820 Riverside Drive, Essex MD 21221.
Time:10 AM – 6 PM
आशा गरेकाछौं कि यहाहरुलाई यो बनभोज स्थल रमणीय र मंजोरंजनवर्धक हुनेछ. यो स्थल लाइ तीनै तिरबाट पानि ले घेरेको छ र हावा पनि राम्रोसंग लाग्ने गर्छ. नया स्थलको रमाइलो फाइदा यहाहरुलाई हुनेछ भन्ने आशा गरेकाछौ.
यस श्रमिक दिवस ग्रिष्मकालिन बनभोजमा यहाहरुको सक्रिय सहभागिता र उपस्थिति रहनेछ भन्ने हामीले तिब्र अभिलाषा राखेका छौ.
Myagdi Samaj USA.
Let’s celebrate Holi with friends and families
Let’s celebrate Holi with friends and families …
*****Update:
Dhhoree geet singers
Sangita Thapa & Bhagban Bhandari will be with us!!!
सम्पूर्ण आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
म्याग्दी समाज अमेरिकाले आगामी मार्च ८, आइतबारका दिन नेपाली चाडहरु मध्येको एक चाड होलि पुर्णिमा (फागु/फाल्गुन पुर्णिमा) रमाइलो पूर्बक मनाउन लागिरहेको कुरा जानकारी गराउन चाहन्छौं.
तसर्थ हजुर तथा हजुरका परिवार तथा इस्ट मित्रहरु समेत सहभागी भएर यस कार्यक्रमको शोभा बढाईदिनु हुन यसै पत्रबाट विनम्र निमन्त्रणा तथा अनुरोध गर्दछौं .
कार्यक्रमहरु: अबिर (रंग) आदान प्रदान /दोहोरि गित/ नाच तथा डी जे इत्यादी .
Date: Sunday, 8th March 2015
Entrance fee: $20.00
Venue: Mount Everest Restaurant
7927 Belair Road, Nottingham, MD 21236
Contact:
Ram Bhandari: 410 530 6737
Indra Thapa: 443 453 6540
Amar Chhantyal: 443 600 2138
Asha Pun: 4439287061
Khaman Chhantyal: 443 537 0672
