7th General Convention Completion
29 जनवरी 2017 मा सम्पन्न भएको म्याग्दी समाज अमेरिकाको सातौ बार्षिक अधिबेशनमा सहभागी हुनुभएर यस कार्यक्रमलाइ सफल पारिदिनु भएकोमा सम्पुर्ण महानुभावहरुमा म्याग्दी समाज अमेरिका हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छ ।
कार्यक्रमका प्रमुख अतिथी अमेरिकाकालागी नेपाली महाबाणिज्य दुत प्रेम राजा महत, विशेष अतिथी NRN NCC का उपाध्यक्ष्य रबिना थापा, अतिथिहरु पारश श्रेष्ठ, मोहन थापा, दल रोका, गोपाल बिक, कृस घिमिरे, डा. चक्र बुढाथोकी, कुसुम भट्टचन, खेम भट्ट्चन, नारायण थापा र गायिका सृजना लाई हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएकोमा वहाहरु प्रती हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।
यस अधिबेशनले निम्नानुसारको नया कार्यसमितीको चयन गरेको छ :- अध्यक्ष्य अमर छन्त्याल, वरिष्ठ उपाध्यक्ष्य इन्द्र थापाक्षेत्री, उपाध्यक्ष्य खमान छन्त्याल, महासचिब निलम पुन, सचिब मन्जु पुन, कोषाध्यक्ष बेक पुर्जा, सह कोषाध्यक्ष जेबि पुन, सन्चार निर्देशक सुरेन्द्र भण्दारी, सदस्यता निर्देशक खगेन्द्र छन्त्याल र सदस्यहरु अमृत रामदान, भबिश्वर पुन, मन बहादुर रोका, किशोर केसि, अन्जु थापा र दीपा पुन कार्की ।
अधिबेशनमा निर्बाचन सम्पन्न गर्नका लागि कृस घिमिरेको अध्यक्ष्यतामा 3 सदस्यीय निर्बाचन समितिको गठ्न भएको थियो । डा. चक्र बुढाथोकी र प्रशान्त श्रेष्ठ यश समितिका सदस्य रहनु भएको थियो । यद्यपि कार्य समितिको चयन निर्बिरोध रुपमा भएको थियो ।
कार्यक्रमको अध्यक्ष्यता निबर्तमान अध्यक्ष्य राम प्रकाश भण्डारीज्युले गर्नु भएको थियो भने यसको सन्चालन निबर्तमान महासचिब इन्द्र थापाछेत्रीले गर्नु भएको थियो । कार्यक्रम मा कलाकार सृजना थापाज्युलाइ कला क्षेत्रमा विशेष योगदान पुर्याएको ठहर गरि म्याग्दी समाज अमेरिकाको मानार्थ सदस्यता प्रदान गरियो । कार्यक्रमको पछिल्लो भागमा नौमती बाजा र दोहोरी गीत कार्यक्रम रहेको थियो ।
कार्यक्रमको लागि स्थल उपलब्ध गराउनु भएको मा मोहन थापाज्युलाइ म्याग्दी समाज अमेरिका हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
–म्याग्दी समाजको तर्फबाट इन्द्र थापाछेत्री
