म्याग्दी समाज अमेरिकाको बार्षिक सम्मेलन 2017 सम्बन्धि सार्बजनिक सूचना
सम्पुर्ण म्याग्देली महानुभावहरु!!!
म्याग्दी समाज अमेरिकाको बार्षिक अधिबेशन सम्बन्धी सुचना यहाहरुलाइ जानकारी गराउन चाहन्छौं ।
यहि आउदो जनवरी 29 तारिक (01/29/2017) का दिन यस समाजको बार्षिक अधिबेशन सम्पन्न गर्ने तय गरिएको कुरा यहाहरुलाइ सहर्ष जानकारी गराउदछौँ ।
बर्तमान कार्य समितीको पदावधी यसपटक समाप्त हुनेभएकोले नया कार्यसमितीको निर्बाचन यसपालिको अधिबेशनले गर्नु पर्ने हुन आउदछ । तसर्थ सम्पुर्ण म्याग्देलीहरुले नया कार्यसमितीको चयनको लागि आफ्नो भुमिका तथा कर्तब्य निर्बाह गर्नुहुनेछ भन्ने हामिले तिब्र अभिलाषा राखेकाछौ ।
यसका अलावा उक्त अधिबेशनमा हाम्रो बार्षिक आय-ब्यय तथा प्रतिबेदन प्रस्तुत गरिने भएकोले यसमा उपस्थितभै आफ्नो अमुल्य सुझाव दिनुहुन समेत यहाहरुलाइ अभिप्रेरणा गर्दछौ ।
समग्रमा भन्नु पर्दा म्याग्दी समाज अमेरिकामा हजुरहरुको चासो र भावना प्रतिम्ब होस भन्ने हामिले चाहना राखेकाछौ ।
कार्यक्रमको पहिलो भागमा साँझ 5.00 बजे देखि राती 9.00 बजे सम्म बार्षिक प्रतिबेदन तथा आय ब्यय प्रस्तुत र कार्यसमितिको निर्बाचन हुनेछ र दोश्रो भागमा राती 9 बजे देखि राती 12 बजे सम्म खानपिन र नाचगान हुनेछ ।
The venue for the convention has been provided by advisor of Myagdi Samaj USA, Mr. Mohan Thapa.
अरु बिस्तृत जानकारी निकट भविष्यमा गराउनेछौ ।
– म्याग्दी समाज अमेरिका,
अध्य्क्ष्य राम प्रकाश भण्डारी
महासचिव इन्द्र थापाक्षेत्री
Venue: 11131 Pulaski Hwy, White Marsh, MD 21162, USA
Date: Sunday, January 29th 2017
Time: 4.30 PM – 12.00 AM
